डोटीमा नेपाली सेनाका २१ जनामा कोरोना संक्रमण

डोटीमा नेपाली सेनाका २१ जना सहित २४ जनामा कोरोना संक्रमण रहेको पुष्टी भएको छ । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परिक्षणमा दिपायल सिलगढी नगरपालिका वडा नं. ४ मा सुल्लेकमा रहेको नेपाली सेनाको गरुबक्स गणमा कार्यरत २१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख रमेश मलासीले जानकारी दिनु भएको छ ।

Sayalb

त्यसैगरी कोरोना संक्रमण हुनेमा दिपालय सिलगढी नगरपालिका वडा न. ६ मा दुई जना र केआईसिंह गाउँपालिका वडा नं. ४ मा १ जना गरि २४ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।
सुदूरपश्चिम प्रदेशमा यती ठुलो संख्यामा सुरक्षाकर्मी संक्रमण भएको यो पहिलो पटक हो ।

Shaileshwori
Loading...