बासमती रोजाइमा पर्ने तर जमिन नपर्ने किन ?

तेजबहादुर डुम्रेल ।
शुक्रवार शैलेश्वरी अस्पतालका सञ्चालक एवं उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष आइ जङ्ग कुवरको विभिन्न बैङ्क प्रमुखलाई पहाडको जमिनको जग्गा किन मूल्याङ्कन हुँदैन ? किन यहाँका किसानले साेेचे जस्तो अर्थात् तराईका जमिन बराबर तुलना गरिन्न ? सवाल सही थियो । मैले कार्यक्रम भएको खबर मुलुक न्युजमा हेरेपछि थाहा पाए तर उहाँको रिप्लाई डोटी स्थित बैङ्कहरूले दिएनन् थाहा भएन ।
यसमा मेरो थप टिप्पणी छ ।
पुर्वीचाैकी र जाेरायलमा बासमती फल्छ, त्यो बास मति विभिन्न कार्यालय प्रमुख अर्थात् हाकिमलाई मन पर्छ तर दुखको कुरा त्यो जमिनको मूल्याङ्कन हुँदैन । जमिन मूल्याङ्कन नभएपछि केही व्यवसाय नहुने छाटकाट देखिन थालेपछि भएको बहुमूल्य जमिन पनि कौडीको भाउमा बेचेर किसान तराईमा झर्ने गर्छन् ।
कतिपयले अलपत्र पहाड त्यस कारण पनि छोडेर जान्छन् । रहर होइन बाध्यता हो । गाउँमा किसान सिजनमा मात्रै बस्ने गर्छन् । खेतीपाती लगाउने बेला र बालीनाली भित्र्याउने बेला मात्रै किसान घरमा पुग्छन् । बाँकी समय भारतीय गल्लीमा मजदुरी गरिरहेका हुन्छन् ।
बैङ्क प्रमुखहरूलाई लाग्ला सबै दोष हामीलाई ! हामीले के नै गर्न सक्छौँ हामी त जागिरे मात्रै न हाै ! ठिकै हो नेपालको अर्थ नीति नै त्यस्तै छ । मजदुरलाई मालिक बनाउने अर्थनीति छैन  त्यो मान्छु तर पहाडमा थुप्रै सम्भावना छन् । जहाँ बास मति फल्छ कम्तीमा त्यो जमिनको त मूल्याङ्कन गरियोस् ।
Sayalb
पछिल्लो समय डोटी स्थित सबै पालिकामा  माटो परीक्षण भई रहेको छ । तराईमा नफल्ने फलफूल यहाँ छन् । तराईमा नभएको दाल पहाडमा पाइन्छ ।
मकै र कोदाको बजार महँगो भएको छ तर कोदो फल्ने पहाडका जमिनको मूल्याङ्कन किन हुँदैन ?
सायलकाे आलु मिठो तर सायलका किसानको जमिन किन तराई बराबरको नहुने ? पहाडी जिल्लामा ट्राउट माछा पालनका लागि गजबको तर सिलगढीको जमिनको किन मूल्याङ्कन हुँदैन । किनकि हामीले सिलगढी नजिकैको उडिताेला, पुर्विचाैकिकाे गड्डीगाढ र सायलकाे बसैखाेलामा ट्राउट माछा पालन सम्भावना अध्ययन तथा अवलोकन गरेका थियौँ । विश्वास छैन भने रेन्बाे ट्राउट विज्ञ निर्मल खाती सरको स्थलगत अध्ययन  रिपोर्ट हामीसँग छ । किनकि साथमा म थिए ।
त्यस कारण म त भन्छु तराईका जमिनमा ठूलाठूला सम्भावना देख्ने लगानी कर्ता बैंकर्सहरुकाे नियत र नीतिमा आमूल परिवर्तन हुनुपर्छ । तराइको थोरै जमिनमा अन्न बढी फल्छ, सिचाइको समस्या छैन, उत्पादन बढी भए बेच्न मिल्ने बजार छ । जे फल्छ समयमै फल्छ मल सजिलोसँग पाउँछन् ।
मजदुर पनि सजिलोसँग पाउँछन् त्यस कारण अभाव तराईमा छैन तर गम्भीर समस्या उत्पादन बढी फल्ने ठाउँमा बढी घर तराईमा देखिन थालेका छन् । पहाडमा भोकमरी भए तराईबाट खाद्यान्न  सकिन्थ्यो पहाड रित्तै हुँदै गएपछि तराई भरिभराउ हुन थालेका छन् ।
लेखक : डोटी चेम्बर अफ कमर्सका सचिव हुन ।
Shaileshwori
Loading...