१४ ‌औँ बिन्दबासिनी म्युजिक अवार्ड वीर नेपाली सेनालाई

सुबास नेपाली 
चैत्र २, डोटी 
bhukampa
राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेनाले १४ ‌औँ बिन्दबासिनी म्युजिक अवार्ड २०८० को सर्वोत्कृष्ट राष्ट्रिय गीत विधाको अवार्ड जित्न सफल भएको छ । बाबुराम श्रेष्ठको शब्द,राजेन्द्र बजगाईको सङ्गीत तथा गीता पाण्डे र सुबास तिम्सिनाको आवाज रहेको उक्त गीतले थुप्रै प्रतियोगीहरूलाई पछि पार्दै म्युजिक अवार्ड २०८० को सर्वोत्कृष्ट राष्ट्रिय गीत विधाको अवार्ड जित्न सफल भएको  हो ।
गीतमा एकातिर नेपाली सेनाले गर्दै आएको विभिन्न राष्ट्रिय योगदान तथा नेपालका धार्मिक,सांस्कृतिक  ऐतिहासिक तथा पर्यटकीय क्षेत्रका बारेमा चर्चा गरिएको छ भने अर्कोतिर सेनाको युद्धकला र राष्ट्र प्रेम झल्कने कथा बस्तुलाई पनि कौशलता पूर्वक देखाइएको छ ।
Shaileshwori
Loading...