
सुवास नेपाली
असार १४, डोटी
राष्ट्रिय वृक्षारोपण दिवस २०८१ का अवसरमा डोटी जिल्लामा पनि वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय डोटीको आयोजनामा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ स्मृति पार्क नजिक सडक किनारामा विभिन्न प्रजातिका बिरुवा रोपिएको डिभिजन बन कार्यालयका डिभिजनल बन अधिकृत गोकुल रिजालले जानकारी दिए ।

वृक्षारोपण कार्यक्रममा बोल्दै डिभिजनल बन अधिकृत रिजालले रुख बिरुवाहरूले वातावरण सन्तुलन राख्न ठुलो भूमिका खेल्ने भएका कारण बन क्षेत्र बिस्तार गर्नु पर्ने बताए ।
अहिले वातावरण असन्तुलन भएका कारण पर्यावरणमा समस्या आई विभिन्न समस्या निम्तिएको उनले बताए । रुख बिरुवा भएका कारण मानवको अस्तित्व सम्भव भएको हुँदा बन जङ्गल संरक्षण आजको आवश्यकता रहेको प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, कर्मचारी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
