आज नेकपा सचिवालय बैठक बस्दै

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । सरकारका निर्णयहरुको समीक्षा तथा विभिन्न समसामयिक विषयमा छलफल गर्न आज दिउँसो ४ बजे सचिवालय बैठक बस्न लागेको हो । आजको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल हुने भएको छ । खालि रहेका मन्त्रालयमा मन्त्रि नियुक्ती गर्ने र अधिकांश मन्त्रालयमा मन्त्री फेर्ने तयारी नेकपाको छ । अहिले अर्थ, शहरी विकास र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मन्त्रीविहीन अवस्थामा छन् ।

यसअघि आइतबारका लागि बोलाइएको सचिवालय बैठक प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार तथा स्वकीय सचिवहरुमा समेत कोरोना संक्रमण पुष्टि भएपछि सचिवालय बैठक स्थगित भएको थियो । असोज ४ गते पेरिसडाँडामा नेकपा सचिवालय बैठक बसेको थियो । त्यसयता अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रीहरु हेरफेरका विषयमा पटकपटक छलफल भइरहेको छ । आजको यसअघि स्थायी कमिटी बैठकले गरेका निर्णयहरु कार्यान्वयनको विषयमा पनि सचिवालय बैठकमा छलफल हुने भएको छ ।
