संखुवासभाका एक स्थानियको घरमा आगलागी, १५ लाख बराबरको क्षति


संखुवासभाको धर्मदेवी नगरपालिका–१ का एक स्थानियको घरमा आगलागी हुदा १५ लाख बराबरको क्षति भएको छ । स्थानिय बलबहादुर कार्कीको घरमा मंगलबार दिउँसो करिब १ बजे आगलागी हुदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको वडाध्यक्ष जगतबहादुर कार्कीले बताउनु भयो । घरमा कोही नभएको बेला भान्साबाट आगलागी भएको वडाध्यक्ष कार्कीले बताए। वडाध्यक्ष कार्कीका अनुसार आगलागीबाट नगद एक लाख, दुई तोला सुन, चार तोला चाँदी, खाद्यान्न, लत्ताकपडा र अन्नपातलगायत जलेर नष्ट भएका छन् । स्थानीयवासीले करिब तीन घण्टामा आगो नियन्त्रणमा लिएका थिए । पीडित परिवारलाई छिमेकीको घरमा बस्ने व्यवस्था मिलाएको र तत्कालको लागि २१ हजार रुपैयाँ राहत संकलन गरेर दिएको उनले बताए ।
