सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या एक हजार नाघ्यो

Sayalb

रामहरि ओझा असोज २०, डोटी
सोमवार थपिएका २९ संगै सुदूर–पश्चिममा सक्रिय संक्रमितहरुको संख्या एक हजार ३५ पुगेको छ ।
सुदूरपश्चिमप्रदेश स्वास्थ्यनिर्देशनालयकाअनुसार कैलालीमामात्रै पाँच सय ८२ जना सक्रिय संक्रमित रहेका छन् । सोमवार कैलालीमा १७जनानयाँ संक्रमितथपिएकाहुन । कैलालीकाकुल संक्रमितदुई हजार सात सय ३३ मध्ये दुई हजार एक सय ४२ जनानिको भएर घर गएका छन् । हालसम्म कैलालीमाकोरोनाकै कारण नौ जनाको ज्यानगएको छ ।
यस्तै डोटीमा एक सय ११ संक्रिय संक्रमित रहेका छन् । सोमवार दुई जनानयाँ संक्रमितसंगै यस जिल्लाको कुल संक्रमितहरुको संख्या एक हजार एक सय चार पुगेको छ । कुल संक्रमितहरुमध्ये हालसम्मनौ सय ८३ जनानिको भएर घर गएका छन् । संक्रमितहरुको संख्या र संक्रिय संक्रमितहरुको संख्याकाआधारमा डोटी सुदूरपश्चिममै दोश्रो जिल्लाहो ।
बझाङ्गमा एक सय ११ सक्रिय संक्रमितहरु रहेका छन् । कुलपाँच सय ५० संक्रमित रहेको यस जिल्लामाहालसम्मचार सय ३७जनानिको भएर घर गएका छन् । बझाङ्गमादुई जनाको मृत्यु भईसकेको छ ।
यस्तै कञ्चनपुरमा सोमवार थपिएकाचार जनासंगै सक्रिय संक्रमितहरुको संख्या ८७पुगेका छ । कञ्चनपुरमाहालसम्म एक जनाको मृत्यु भएको छ । यस जिल्लामा पुष्टि भएका आठ सय ४९ संक्रमितहरुमध्ये सात सय ६१ निको भएर घर गएका छन् ।
कैलाली र डोटीपछि सवैभन्दा बढी संक्रमित रहेको अछाम जिल्लामा ६० जना संक्रिय संक्रमित रहेका छन् । कुल एक हजार ८० संक्रमितमध्ये एक हजार १८ निको भएका छन् । सोमवार यस जिल्लामा एक जनानयाँ संक्रमितपत्तालागेको छ । अछाममा कोरोना संक्रणकै कारण हालसम्मदुई जनाले ज्यानगुमाईसकेका छन् ।
बैतडीमा ३३ जना सक्रिय सक्रमित रहेका छन् । कुलचार सय २५ संक्रमितहरुमध्ये एक जनाको मृत्यु भएको छ भने तीन सय ९१ जनानिको भएका छन् ।सोमवा बैतडीमा पाँचजनानयाँ संक्रमित देखिएकाथिए ।
दार्चुलामा २७जना सक्रिय संक्रमित रहेका छन् । जिल्लामा ९८ जना संक्रमितमध्ये ७१ जनानिको भएर घर गएका छन् । यस्तै डडेल्धुरामा १२ जना सक्रिय संक्रमित रहेका छन् । कुलतीन सय ३८ संक्रमितहरुमध्ये एक जनाको मृत्यु भएको छ भने तीन सय २५ जनानिको भएका छन् ।
बाजुरा जिल्लामाभने संक्रिय संक्रमितमुक्तजिल्लावनेको छ । यस जिल्लामा सोमवारसम्मकोहीपनिनयाँ संक्रमित छैनन् । बाजुरामाहालसम्मचार सय ५३ जनामाकोरोना संक्रमण पुष्टि भएकोमादुई जनाको मृत्यु भएको छ ।
सुदूरपश्चिमप्रदेशमाहालसम्म सातहजार ६ सय ३२ जनामाकोरोना संक्रमण पुष्टि भएको छ भने कोरोना सक्रमणबाट १८ जनाको मृत्यु भईसकेको छ । यस प्रदेशमाहालसम्म ८७हजार ७२ जनाको पिसिआर परीक्षण गरिएको प्रदेश स्वास्थ्यनिर्देशनालयको तथ्याङ्कले देखाउँछ ।

Shaileshwori
Loading...