कक्षा १२ को परीक्षा बारे छलफल
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १२ को परीक्षा दशैँ र तिहारबीच लिन सकिने सम्भावनाबारे छलफल गरेको छ । कक्षा १२ को परीक्षाको विषयमा समय अनुकुल बन्दै गएमा दशैँ र तिहारको बीचमा गर्ने कि भन्नेबारे मन्त्रालयमा छलफल भैरहेको र छिट्टै परीक्षा बारे टुंगो लाग्ने मन्त्रालय प्रवक्ता दीपक शर्माले बताए ।
प्रवक्ता शर्माका अनुसार इन्टरनेटको माध्यमबाट विद्यार्थी पढ्नका लागि मन्त्रालयले सियुजी व्यवस्था गर्न लागेको छ । सबै खर्च मन्त्रालयले गर्नेछ । यसका लागि नेपाल टेलिकम लगायत सेवा प्रदायकसँग छलफल गरिरहेको र स्थानीय तहले नै शुल्क निर्धारण गर्नुपर्ने उनले बताए ।
कक्षा ११ को आन्तरिक मुल्यांकन परीक्षाको जिम्मा विद्यालयलाई नै दिइएको छ । समय अनुकूल भएपछि परीक्षा लिँदा हुने मंत्रालयले बताएको छ ।