
शनिवार ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सशक्त महिला समृद्ध परियोजना अन्तर्गत पिसविन नेपाल र युनेफपिएको प्राविधिक सहयोग तथा सुना देवी बाल क्लबको आयोजनामा महिनावारी उत्सव मनाइएको परियोजना अधिकृत रमा भण्डारीले बताइन् । जन्मदिन, विवाह उत्सव जस्ता दिनलाई विशेष दिनका रूपमा लिँदै खुसीयाली मनाउन मिल्ने तर कुनै किशोरी आमा बन्न योग्य हुँदा किन खुसीयाली बनाउन नमिल्ने भन्दै यस्तो कार्यक्रम गरिएको भण्डारीको भनाइ छ ।

