पूर्वीचौकी-७ मा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

जेठ २५, डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–७ पोखरीमा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । आइतबार सामुदायिक विकास मञ्च नेपाल डोटीको आयोजना र गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । एकीकृत सामुदायिक विकास परियोजनाअन्तर्गत पोखरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको समन्वयमा शिविर सम्पन्न भएको हो ।

Sayalb

शिविरबाट सयभन्दा बढी किसान परिवार लाभान्वित भएका छन् । शिविरमा झन्डै ३० पशुको उपचार र एक हजारभन्दा बढी चौपायाका लागि औषधि वितरण गरिएको छ । परियोजनामा कार्यरत कर्मचारी निरज बोगटीका अनुसार शिविरमा खसी, बाख्रालगायत पशुमा देखिने आन्तरिक तथा बाह्य परजीवी, झाडापखाला, रुघाखोकी, पाचनसम्बन्धी समस्याको निःशुल्क उपचार गरिएको थियो । शिविरमा औषधिसँगै किसानलाई पशुमा लाग्ने सामान्य रोग, परजीवी नियन्त्रण र रोकथामका उपायसम्बन्धी जानकारी र परामर्श पनि दिइएको बोगटीले बताए ।

शिविरबाट सेवा लिएका किसानहरूले निःशुल्क औषधि, परामर्श र उपचार सेवा पाएपछि निकै राहत महसुस भएको बताएका छन् । उनीहरूका अनुसार यस्ता कार्यक्रमले पशुपालन व्यवसायलाई अझ मजबुत बनाउन मद्दत पुगेको छ । किसानहरूले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर हुनुपर्नेमा जोड दिएका छन् ।

Shaileshwori
Loading...