डोटीका तीन पालिकाका ५० किसानलाई कृषि तथा पशुजन्य सामग्री सहयोग

भदौ ३, डोटी । डोटीका तीन पालिकाका ५० जना किसानहरूलाई तरकारी, बीउ बिजन, कृषिजन्य सामग्री र बाख्राको गोठ सुधार सम्बन्धी सामग्री सहयोग गरिएको छ । विभिन्न समयमा दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका र पूर्विचौकी गाउँपालिकाका स्पोन्सर बालबालिका अभिभावकको लागि आर्थिक अवस्था सुधार कार्यक्रम अन्तर्गत सामग्री सहयोग गरिएको हो । शिखर नगरपालिकाका वडा नम्बर ३, ४, ५, ६,  र ७,  दिपायल सिलगढी नगरपालिकाका वडा नम्बर ७ र ८ तथा पूर्वीचौकी गाउँपालिका वडा नं. ७ का स्पोन्सर बालबालिकाका परिवारलाई सहयोग गरिएको हो ।
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा सामुदायिक विकास मञ्च नेपाल डोटीको कार्यान्वयनमा सञ्चालन भइरहेको एकीकृत सामुदायिक विकास परियोजना अन्तरगत सहयोग गरिएको परियोजना प्रमुख तथा कृषि प्राविधिक नीरज बोगटीले जानकारी दिए । तरकारी खेतीका लागि २२ जना र बाख्रा पालनका लागि गोठ सुधार गर्न २८ जना गरी ५० किसानलाई सामग्री हस्तान्तरण गरिएको बोगटीले बताए ।
Sayalb
सामग्री हस्तान्तरण कार्यक्रममा गुड नेवर्स इन्टरनेशनल नेपाल डोटी क्लस्टर प्रमुख तेजप्रसाद शर्माले आर्थिक रूपमा कमजोर समुदायलाई आयआर्जन, रोजगारी र सीप विकासका माध्यमबाट सशक्त बनाउन सहयोग वितरण गरिएको बताए ।
वितरण गरिएका सामग्रीहरूमा तरकारी खेतीका लागि टनेल, प्लास्टिक, स्प्रेयर, प्लास्टिक ड्रम, हजारी तथा बीउ बिजन र बाख्रा पालनका लागि जस्ता पाता तथा किल्ला काटा रहेका छन् । कार्यक्रममा शिखर नगरपालिकाका नगरप्रमुख, दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्षसहित स्थानीय सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति थियो ।
Shaileshwori
Loading...