गाडीमा स्वास्थ्य मापदण्ड लागु गर्न प्रशासनसंग अनेरास्वबियु डोटीको माग
सार्बजनिक यातायातमा स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गराउनका लागी अनेरास्वबियु डोटीले जिल्ला प्रशासन कार्यालय डोटीसंग माग गरेको छ ।
नोभेल कोरोना भाईरस कोभिड–१९को संक्रमण बढ्दै गएको बेला यातायातका साधनमा ५० प्रतिशत मात्र यात्रु राख्ने सरकारको निर्णय भएपनी भाडादर मात्र ५० प्रतिशत थप लिएको तर यात्रु सिट क्षमता अनुसार राख्ने गरेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थि युनियन डोटीले जनाएको छ ।
यातायातका साधनमा स्वास्थ्य सुरक्षाका मापदण्ड पनि पुरा नगर्ने गरेको र भाडा मात्र बढी लिने गरेकोले यस सम्बन्धमा आबश्यक कारवाही गर्नका लागी प्रमुख जिल्ला अधिकारी भिम प्रशाद भट्टराईलाई ज्ञापनपत्र बुझाएका हुन ।
अखिलका केन्द्रीय सदस्य बिरबहादुर थापा, डोटी जिल्ला संयोजक डलब बोहरा र सह–संयोजक गणेश बमको नेतृत्वमा गएका बिद्यार्थि नेताहरुले प्रजिअलाई ज्ञापनपत्र बुझाएका हुन ।
नागरिकको सुरक्षाका लागी सरकारले निर्धारण गरेका भाडा लिने तर स्वास्थ्य मापदण्ड पुरा नगरेर यातायात ब्यबसायीले उल्टै यात्रुलाई शोषण गरेको हुँदा प्रशासनलाई झकझक्याएको संयोजक डबल बोहराले बताए । दशैँ नजिकिएसंगै नागरिकको आवत जावत बढ्ने भएका कारण अहिले प्रशासन चनाखो भएर लाग्न आबश्यक रहेको सह–संयोजक गणेश बमले बताए ।