डोटीका थप ७ जनामा कोरोना पुष्टि

बुधबार डोटीमा सात जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला अस्पताल डोटीको प्रयोगशाला गरिएको परिक्षणमा डोटीका थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । यो संगै डोटी जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार एक सय ४६ पुगेको छ । आज दिपायल सिलगढी नगरपालिकाका ६ जना र शिखर नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।

Sayalb

स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख दिपेन्द्र राज मिश्रका अनुसार दिपायल सिलगढी नगरपालिका वडा नम्वर ४ का ३२ वर्षका एक जना पुरुष, वडा नम्वर ६ का २७ वर्षका एक पुरुष, ३० र ४२ वर्षीया दुई महिला सहित ३ जना, वडा नम्वर ९ का २६ वर्षका एक जना पुरुष र शिखर नगरपालिकाको वडा नम्वर ३ का ४६ वर्षका एक पुरुषमा कोरोना पुष्टि भएको छ ।

हाल जिल्लामा संक्रिय कोरोना संक्रमितको संख्या ५५ रहेको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।

Shaileshwori
Loading...