थप २६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि, २ हजार १७४ कोरोनामुक्त

बुधबार नेपालका थप दुई हजार ६ सय ३८ जनामा कोरोना देखिएको छ । पछिल्लो २४ घण्टामा देश भरका विभिन्न प्रयोशालामा १३ हजार ९ सय ४७ जनाको पिसिआर परीक्षण गरिएकोेमा दुई हजार ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले बताउनु भयो । योसँगै जम्मा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको छ ।

डा.गौतमका अनुसार आज देशभर २ हजार एक सय ७४ संक्रमित कोरोनामुक्त भएका छन् । डिस्चार्ज हुनेको जम्मा संख्या ८० हजार ९ सय ५४ पुगेको छ । नेपालमा हाल ३६ हजार तिन सय ६७ जना सक्रिय संक्रमित छन् ।
यस्तै २४ घण्टामा १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७५ पुगेको छ ।
