आरती वडको मनछुने गजल

आरती वड आरु
जो अरुको लागि जहिले बारम्बार झुकेको हुन्छ
उसैको मुटु हजारौं हजार चोटहरुले दुखेको हुन्छ
म अन्धो हुँ तिम्रो बाहिर आवरण तर नदेखूला
मनको नजर तिम्रो बाहिर नजरमा पुगेको हुन्छ

हुन्छ बराबर हुन्छ भन्छन सरकार सबैका लागि
तर गरिब असहाय लाइ नै सरकारले लुटेको हुन्छ
जिवन बुझेको मान्छे कहिले ठान्दिन सुखि हरुलाई
किन कि जिवन केहो त दुःखी ले मात्रै बुझेको हुन्छ
हिजो आफू हारेर कसैको उज्यालो चाहाने गर्थ्यो
उसले हार खाएन जितको दौडानमा कुदेको हुन्छ ।
