प्रेस युनियन डोटीका अध्यक्ष बमद्वारा अक्षयकोष स्थापनाका लागि सहयोग

डोटी : नेपाल प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोगको घोषणा गरेका छन् । आज परेको जन्म दिनको अवसर पारि नेपाल पत्रकार महासंघ डोटी शाखाका सह–सचिव समेत रहेका बमले तेजु स्मृति अक्षयकोष स्थापनाका लागि ११ हजार एक सय ११ रुपैंया सहयोग जम्मा गर्ने घोषणा गरेका हुन ।

सहयोगको घोषण गर्दै अध्यक्ष बलमे स्व.पत्रकार खड्काले सञ्चार क्षेत्रमा गरेको योगदान आफुहरु कहिले नभुल्ने बताए । साथै स्व.पत्रकार खड्को नामलाई जिवित राख्न थालिएको अभियानलाई सहयोग गरिदिन समेत अनुरोध गरेका छन् ।
अक्षयकोषमा रकम जम्मा भएपछि स्व. खड्काको नामबाट पत्रकारिता पुरस्कारको घोषणा गरी पत्रकारीता क्षेत्रमा योगदान पुर्याउने पत्रकारहरुलाई सम्मान गरिने नेपाल प्रेस युनियन डोटी शाखाका सचिव पवन महराले जानकारी दिए ।
पत्रकार स्व. खड्का बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोर्टिङ्ग गरेर फर्किने क्रममा बेपत्ता भएका थिए । बेपत्ता भएका खड्काको तीन बर्ष पछि मात्रै कंगाल भेटिएकोमा डिएनए र घटना स्थलमा भेटिएका सामग्रीको आधारमा उनको मृत्यु भएको पुष्टि भएको थियो ।
