बैतडीको लडालेकमा जीप दुर्घटना


बैतडीको दोगडाकेदार गाउँपालिका-३ को लडालेकमा जीप दुर्घटनामा परेको छ । जिप दुर्घटनामा परि जीप चालक जनक विष्ट सामान्य घाइते भएका छन् । महाकाली राजमार्गको मसिल्लेगडा–सतबाँझ सडकखण्ड अन्र्तगत से १ ज १०३७ नम्बरको जीप शनिबार बिहान ९ बजेतिर दुर्घटनामा परेको हो ।
जीपमा ७ जना यात्रु सवार रहेकोमा उनीहरु सकुसल रहेको खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले बताए । जीप सडकबाट करिब २० मिटर तल खसेको छ ।
