कोलकाता पञ्जाबसंग ८ विकेटले पराजित

Sayalb

युएईमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा किंग्स इलेभेन पञ्जाबले कोलकोता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको छ । सोमबार राति भएको खेलमा कोलकोताले दिएको १५० रनको लक्ष्य पछाएको पञ्जाबले २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो। यस अघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ९ विकेट गुमाउदै १४९ रन बनाएको थियो ।
यो जितपछि पञ्जाबले १२ खेलमा छैठौ जित हासिल गरेको छ । पञ्जाब १२ अंकसहित चौथो स्थानमा उक्लिएको छ ।

Shaileshwori
Loading...