सरल तरिकाले यसरी मनाए मूख्यमन्त्री भट्टले दशैँ (फोटो फिचर)

न सोफा न कुर्चि आगनमा दुई चटैँ, त्यसै माथी दशैँको जमरा सहित रातो टिकाको थाल बरिपरी करिब दुई दर्जन जती मान्छेहरु । बुधबार दशैँको टिका लगाउनका लागी केआईसिंह गाउँपालिका वडा नं. ६ भूमिराजमाण्डौँको फलेडीमा भएको तस्बीर हो यो ।
एक साधारण परिवारमा जस्तै यहाँ पनि दशैँ मनाउने तयारी भईरहेको थियो, आमाको हातबाट दशैँको टिका र आर्शिवाद थाप्नका लागी सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री भट्टले आमाको पलेटी कसेर बसे र आमाको हातबाट दाजुभाईको हातबाट टिका थापे ।
सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्ट सरल र सादकी जिबनशैली भएको नेतृत्वको रुपमा चिनिन्छन् । सर्बहारा चरित्र र साधारण ब्राहमण परिवारमा हुर्किएका भट्ट मूख्यमन्त्री भएपनी उनको जिबनशैलीको स्तर खासै परिबर्तन भएको देखिदैन् ।
सत्ता र सक्तीको केन्द्रमा पुग्ने बिक्तीकै सम्पत्ती आर्जन गर्ने र सर्बहारा चरित्रबाट पुजिपती बर्गचरित्रको जिबनशैलीमा लम्कीएको पाईन्छ सुरु देखी सुदूरपश्चिम प्रदेशको नेतृत्व गरेका मूख्यमन्त्री भट्टमा भने त्यस्को कुनै बदलाप देखिदैन् ।
हिन्दुहरुको महान चाँड बिजयादशमी तथा दिवावली मानिन्छ । दशैँको अबसरमा आफ्नी ८४ बर्षिय आमाको हातबाट टिका थाल्न गृहस्थान केआईसिंह गाउँपालिका वडा नं.–६ भूमिराजमाण्डौँमा पुग्दा पनि मूख्यमन्त्रीको सादकी जिबनशैली अझै परिवर्तन भएको छैन भन्ने देखाउँछ । टिकाग्रहणपछी पनि मूख्यमन्त्री भट्टले परिवारका सदस्यसंग पेटिमा बसेर तस्बीर लिएका छन । मूख्यमन्त्रीको दशैँको अबसरमा प्रकाश जोशीले कैद गरेका तस्बीर

Sagan sahari bhawan nirman aayojana

Shaileshwori
Loading...