Before Header
After Navigation

भालेको आक्रमणबाट प्रहरीको ज्यान गयो

मनिला : एउटा लडाकु भालेले आक्रमण गर्दा फिलिपिन्समा एकजना प्रहरीको ज्यानै गएको छ। अवैध रूपमा भाले जुधाइहेको ठाँउमा छापा मार्न पुगेका प्रहरीमाथि नै लडाकु भाले जाइ लागेको थियो।  उत्तरी फिलिपिन्सको समार प्रान्तस्थित मदुग्याङ्ग गाँउमा अवैध रुपमा भाले जुधाइरहेका बेला छापा मार्न पुगेका प्रहरी अधिकारी क्रिस्टियन बोलोकको ज्यान गएको हो।

उनले जुधिरहेको एउटा भालेलाई समात्न खोजेका थिए। प्रान्तका गभर्नर एड्विन ओङ्गचुआनका अनुसार लडाकु भालेको खुट्टामा धारिलो ब्लेड लगाइएको थियो। भालेले बोलोकमाथि आक्रमण गर्दा उनको खुट्टाको एउटा नसा काटिन पुग्यो।

Sagan sahari bhawan nirman aayojana

त्यसपछि त्यहाँ पुगेका अन्य प्रहरीले ती अधिकृतको रगत रोक्न कपडाले खुट्टाको घाउमा बेरेका थिए। तर रगत बग्ने क्रम रोकिएन, अत्यधिक रक्तश्रावका कारण उनको ज्यान गएको हो। त्यो क्षेत्रका प्रान्तीय प्रहरी प्रमुख कोलोनेल अर्नेल अपुदका अनुसार भालेको आक्रमणपछि अत्यधिक रक्तश्रावले ती प्रहरीको ज्यान गएको पुष्टि भएको छ। प्रहरीले अवैध रुपमा भाले जुधाउन जुटेका तीन जनालाई पनि पक्राउ गरेको छ। त्यस क्रममा ७ वटा भाले प्रहरीले नियन्त्रणमा लिएको छ। फिलिपिन्समा भाले जुधाइ अत्यधिक चर्चित खेल हो। त्यहाँ यस्ता खेललाई सरकारले अवैध घोषणा गरिदिएको छ।

ऐजेन्सीको सहयोगमा

Shaileshwori
Loading...