गजल

गजल
ऊ बेला बेलामा हिर्काइ रहन्छ घन बनेको छ ।
मृत्युबाट बचाएको मान्छे दुश्मन बनेको छ।।
यो मन मान्दैन बिर्सि दिनु भनेको छ जानेले
मेरो दिल पनि उसको एक आसन बनेको छ ।
मष्तिष्कमा सुनामी झै आउछ मुटु हल्लाउदै
मैले बिर्सनै नसक्ने एक बचपन बनेको छ।

उ बेला रहरै रहरले परदेश आएको थे
अब मेरो रहर आफ्नै घर आगन बनेको छ ।
बुझेको छु तेल सकिनु पर्छु दियो बल्न पनि
खुसी छु यता सकियो उता जीवन बनेको छ
कृष्ण भण्डारी
दि सि न पा ५ सिलगढी डोटी
हाल :- दक्षिण कोरिया
