राजिस्थान रोयल्सको छैटौं जित ।


इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयलसले छैटौं जित निकालेको छ । शुक्रबार राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाइ ७ विकेटले पराजित गर्दै आईपीएलमा छैटौं जित निकालेको हो ।
पन्जाबले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको राजस्थानले १७।३ ओभरमा मात्र ३ विकेट गुमाउदै लक्ष्य भेट्टाएको हो । राजस्थानको जितका लागि बेन स्टोक्सले अर्धशतकीय पारी खेले । उनले २६ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ५० रनको अर्धशतकीय पारी खेलेका हुन् ।
स्टिभ स्मिथ र जोस बट्लरले अजिवित पारी खेले । स्मिथले २० बलमा ५ चौकाको सहयोगमा ३१ रनमा अविजित रहे । बट्लरले ११ बलमा एक चौका र दुई छक्का प्रहार गर्दै २२ रनमा अविजित रहे ।
त्यस्तै सन्जु सानसुनले ४८ रनको योगदान दिए । उनले २५ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४८ रन जोडेका हुन् । रोविन उथप्पा २ बलमा एक चौका र दुई छक्का प्रहार गर्दै ३० रन जोडे । यसअघि टस हारेर पहिले ब्याटिङ्को निम्तो पाएको पन्जाबले निर्धारित २० ओभमा मात्र ४ विकेट गुमाउँदै १ सय ८५ रन जोडेको हो । खराब सुरुवात गरेको पन्जाबका लागि क्रिस गेल र कप्तान केएल राहुले १२० रनको साझेदारी गरेका थिए ।
जितसँगै राजस्थान १३ खेलबाट ६ खेलमा जित निकल्दै १२ अंक जोडेर तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । समान खेलमा समान अंक जोडेको पन्जाब रन रेटको आधारमा चौथो स्थानमा छ ।
