शनिबार भएको आईपीएलमा मुम्बई इण्डियन्स र सनराइजर हैदराबाद विजयी

यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तरगत शनिबार भएको खेलमा मुम्बई इण्डिइन्स र सनराइजर हैदराबादले जित हात पारेका छन् ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ११ रनको समान्य लक्ष्य मुम्बईले १४.२ ओभरमा १ विकेट गुमाएर भेट्टायो। यो हारसँगै प्लेअफ पुग्ने दिल्लीको योजनामा धक्का लागेको छ भने मुम्बई १८ अकंसहित समूह चरणको अंक तालिकाको शीर्ष स्थानमा रहेर प्लेअफ पक्का गरेको छ।

दिल्लीलाई प्लेअफ पुग्नका लागि आगामी खेलमा कुनै पनि हालतमा रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गर्नुपर्ने चुनौती आएको छ।

मुम्बईको जितमा इशान किशनले अविजित ७२ रनको अर्धशतकीय इनिङ्स खेल। क्विन्टन डिककले २६ र सूर्यकुमारले नटआउट १२ रन बनाए। बलिङमा दिल्लीका एकनरिक नोर्टजले एक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १० रन मात्र बनाउन सक्यो।

उसका लागि कप्तान श्रेयस अय्यरलले २५, ऋषभ पन्तले २१, रविचन्द्रन आश्विन, कागिसो रबाडाले १२र१२, शिमरोन हेटमायरले ११, पृथ्वी शाले १० रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।

बलिङमा ट्रेन्ट बोल्ट, जसप्रीत बुमराहले ३(३, नाथनकल्टर नाइल र राहुल चाहरले एकरएक विकेट लिए। जितसँगै मुम्बईले तालिकाको शीर्ष दुईमा आफ्नो स्थान पक्का गरेको छ। अन्तिम खेलमा पराजित भएपछि मुम्बई शीर्ष दुईमा रहने छ।

Sayalb

आजको जितसँगै मुम्बईले तालिकामा १८ अंक जोडेको छ। उसले १३ खेलमध्ये ९ म्याचमा जित हासिल गरेको छ। दिल्लीले भने १३ खेलमा ७ म्याचमा जित हासिल गर्दा ६ खेलमा हारको सामना गरेको छ।

यस्तै
सारजाहमा शनिबार राति भएको खेलमा हैदराबादले बैंगलोरलाई ५ विकेटले पराजित गरेको हो । बैंगलोरले दिएको १ सय २१ रनको लक्ष्य हैदराबादले १४ ओभरमा १ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्याे ।

हैदराबादको जितमा रिद्धिमान शाहले ३९ रन जोड्दा मनिस पाण्डेले २६ रन जोडे । यस्तै जासन होल्डरले अविजित २६ रन बनाए ।

बैंगलोरका युजभेन्द्र चाहलले २ विकेट लिए । वासिंगटन सुन्दर र नाभदिप शैनीले १र१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय २० रन बनाएको थियो ।
जितसँगै हैदराबाद तालिकाको चौंथो स्थानमा उक्लिएको छ । हैदराबादले १३ खेलमा १२ अंक जोडेको छ ।

यस्तै हैदराबादले प्ले अफ पुग्ने सम्भावना कायम राखेको छ । हैदराबादले अन्तिम खेलमा मुम्बई इन्डियन्ससँग खेल्नेछ ।

मुम्बईले भने क्वालिफायरमा स्थान पक्का गरिसकेको छ । यो हारसँगै बैंगलोरलाई पनि प्ले अफ पुग्न अन्तिम खेल कुर्नु पर्ने भएको छ ।

बैंगलोरले १३ खेलमा ७ जितसहित १४ अंक जोडेको छ । बैंगलोर दोस्रो स्थानमा रहेको छ । बैंगलोरले अन्तिम खेलमा दिल्ली क्यापिटल्ससँग खेल्नेछ । अब बैंगलोर र दिल्लीमध्ये विजेता एउटा टोली मात्र प्लेअफमा पुग्ने छ

Shaileshwori
Loading...