Before Header
After Navigation

कोलकता नाइटराइडर्सले हरायो राजस्थान रोयल्सलाइ,

किंग्स इलोभन पञ्जाबलाई चेन्नाई सुपर किंग्सले गर्याे ९ विकेटले पराजित 

Sagan sahari bhawan nirman aayojana

इण्डियन प्रिमियर लिग ९आईपीएल० अन्तर्गत आइतबार राति भएको खेलमा कोलकता नाइटराइडर्सले राजस्थान रोयल्सलाई र पराजित गरेको छ। दुबइ इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको खेलमा कोलकताले राजस्थानलाई ६० रनले हराएको हो।

टस हारेर ब्याटिङमा उत्रिएको कोलकताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रन बनाएको थियो। कोलकताका लागि कप्तान इयोन मोर्गनले आक्रमक ब्याटिङ गर्दै धर्मराएको कोलकताको ब्याटिङ उकासेका थिए। उनले ३५ बलमा ६८ रन जोड्दै अभिजित रहे। त्यस्तै, राहुल त्रिपाठीले ३९ रन बनाउँदा शुभमन गिलले ३६ र आन्द्रे रसेलले २५ रन बनाए।

उता राजस्थानका लागि राहुल तेवातियाले सर्वाधिक ३ विकेट लिँदा कार्तिक त्यागीले २ विकेट तथा जोफ्रा आर्चर, श्रेयस गोपाल र समान १र१ विकेट लिए।

१९२ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३१ रन मात्रै बनाउन हार बेहोर्नृ परेको हो।
जितसँगै अंक तालिकाको चौँथो स्थानमा उक्लिएको कोलकताले प्लेअफमा पुग्ने सम्भावनालाई जीवितै राखेको छ। मंगलवार हुने खेलमा मुम्बइ इन्डियन्ससँग सनराइजर्स हैदराबाद पराजित भएमा कोलकता प्लेअफमा जानेछ।

त्यस्तै इन्डियन प्रिमियर लिग ९आईपीएल०को अर्काे खेलमा प्लेअफ दौडमा रहेको किंग्स इलोभन पञ्जाबलाई चेन्नाई सुपर किंग्सले ९ विकेटले पराजित गरेको छ ।

अबुधाबीमा भएको लिग चरणको आफ्नो अन्तिम म्याचमा आइतबार पञ्जाबले दिएको १५४ रनको लक्ष्य चेन्नाईले एक विकेटको क्षतिमा १८।५ ओभरमा पुरा गरेको हो ।टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले ६ विकेट गुमाएर जम्मा १५३ रन जोडेको थियो ।

चेन्नाईलाई पराजित गर्न सकेको भए पञ्जाबको १४ अंक हुने थियो । हारपछि प्लेअफ दौडबाट बाहिरीसकेको चेन्नाई र पञ्जाबको समान १२–१२ अंक भएको छ ।

पञ्जाबको पराजयले एक–एक म्याच खेल्न बाँकी हुँदा १४–१४ अंक सहित दोस्रो र तेस्रो स्थानमा रहेका रोयल च्यालन्जर्स बैंगलौर र दिल्ली क्यापिटललाई भने राहत पुग्ने देखिएको छ । पञ्जाबको बहिर्गमनपछि बैंगलौर र दिल्लीमध्ये एकको हारका बावजुद पनि प्लेअफ सम्भावना जीवित रहन्छ ।

क्वालिफायरमा पुगिसकेको मुम्बई इन्डियन्साई पराजित गर्न सक्दा नेट रन रेट राम्रो रहेको सनराइजर्स हैदरावादको १४ अंक हुन्छ । त्यस्तो अवस्थामा समान १४ अंक भएका तीनमध्ये दुई टीम रन रेटका आधारमा प्लेअफका लागि छनौट हुनेछन् ।

Shaileshwori
Loading...