बैतडीका पत्रकार साउदलाई कोरोना संक्रमण

Sayalb

बैतडीका पत्रकार एभिन्युज टेलिभिजनका बैतडी संवाददाता लोकेश साउदलाई कोरोना संक्रमण देखिएको छ । पत्रकार साउदलाई जिल्ला अस्पताल बैतडीको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि भए पनि आफुमा कुनै पनि लक्षण नरहेको र होम आइसोलेसनमा बसिरहेको उनले जानकारी दिएका छन् । कोरोना हुन्छ भनेर डराउनुभन्दा आत्मबल बढाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनुपर्ने उहाँको भनाई छ । सामान्य रुघाखोकी, शरीर चिसो हुने, घाँटी खसखस हुने जस्ता लक्षण देखा परेपछि कात्तिक ७ गते स्वाब संकलन गरिएको थियो ।

Shaileshwori
Loading...