तिमिलाई आफ्नो ठानेर,गल्ती, गरिएछ

गजल

गजल
तिमिलाई आफ्नो ठानेर,गल्ती गरिएछ
ढुङ्गा लाई देउता मानेर, गल्ती गरिएछ

ज्यान दिन्छु भनेर त , धेरै आएका हुन
मात्रै तिमिलाई छानेर, गल्ती गरिएछ

जादै थियौ मलाई छोडि,उ बेला नै तिमि
हात तिम्रा मैले तानेर, गल्ती गरिएछ

उछिट्टिएर छिट्टाहरु आफ्नै मुखमा परे
तलाउमा ढुङ्गा हानेर, गल्ती गरिएछ

अपरिचित थिय तिमी संग म, कुनै बेला
को रहेछौं भनि जानेर,गल्ती गरिएछ।

Sagan sahari bhawan nirman aayojana

गजल
कली युगमा प्यार ठुलो, कसरि भन्छौ
र, दिलको कारागार ठुलो, कसरि भन्छौ

पैसा नहुदा तिमिलाई, उसले छोडेको हो
बुझेर पनि स्याहार ठुलो, कसरि भन्छौ

शान्तिले नै सबैलाई अनुशासित तुल्याउछ
सबैभन्दा काटमार ठुलो, कसरि भन्छौ

दुइ नम्बरी धन्दाले,कयौंको जिवन बिग्रियो
यार तिमि ब्यापार ठुलो, कसरि भन्छौ

छिमेकीको कलमले, फासी लेखिएको हो
तिमि अझै तरबार ठुलो, कसरि भन्छौ ।

टेक बिबश साउद
पुर्बिचौकी गाउँपालिका वडा नम्बर २ बगलेक भारतोली, डोटी

Shaileshwori
Loading...