गजल
गजल
काफी छ, शत्रुको लागि हातको प्रहार काफी छ
माटो बचाउन हजारौंलाई एक तरबार काफी छ
दोषीलाई त निर्दोष सावित गर्ने कमाराहरुलाई
लैजानुस हतकडी लगाएर कारागार काफी छ
मलाई नसोध्नुस्,तपाईं दुःख कस्तो हुन्छ,भनेर
दुखको ज्ञान पढ्छौ,तँ साहित्य संसार काफी छ
बिहे गरि, साहुको ऋण तिर्न विदेश तिर लाग्दा
श्रीमतीलाई आँखा गाड्ने नामर्द जार काफी छ
बगरको नौकर हुँ, यहाँ मान मर्यादा छैन पियारी
यो बैगुनी सहरमा बारम्बार तिरस्कार काफी छ
गजल
अमुल्य व्याक्तिका रचना सजिएर रहेका छन्
देश क्रान्तिकारीका सपना सजिएर रहेका छन्।
औँसीको रातलाई पुर्णिमामा बदल्न संकेत गर्ने
लेखकका अमूल्य सम्झना सजिएर रहेका छन्।
सुर्यदय भएर, सुर्यास्तका सपना नदेख्दा नदेख्दै
यहाँ कतिपय मर्माहित घटना सजिएर रहेका छन्।
जता हेरे पनि पाना पानामा उनकै नाम देख्छु म
साहित्यकार राष्ट्रका गहना सजिएर रहेका छन्।
हाम्रो यो माटोलाई बचाउन प्रेरणा दिने राष्ट्र कवि
विलिन हुदैनन् पाना कल्पना सजिएर रहेका छन्।
✍️ मनमोहन ठकुल्ला,
पुर्बिचौकी गाउँपालिका २ बगलेक, डोटी