जानेले निकै तामझाम गरिगएकाे छ – मुना मटेली

१- मुक्तक
जानेले निकै तामझाम गरि गएको छ
अर्कैतिर चाहाना तमाम गरि गएको छ
कामना छ उस्को निद कहिल्यै भँग नहोस
यता मेरो निद हराम गरि गएको छ

२-मुक्तक
घरि अपि सैपालमा अधर छ ।।
घरि खप्तड मालिकामा नजर छ ।।
राजधानिबाट के बयान गर्नु सुदुरको
गएर हेनुहोस हजुर कति सुन्दर छ ।।।

३- मुक्तक
तिमी मलाई जानी-जानी मनपर्छ।
झनै तिम्रो रिसाउने बानी मनपर्छ।।
मिलन हुनु हाम्रो भाग्यमा छ छैन
तर कल्पनामा जिन्दगानी मनपर्छ

Sagan sahari bhawan nirman aayojana

४ मुक्तक

प्रदेशमा छोरो दिनरात रोएको छ
बारबार आशुले नै मुख धोएको छ
देश र आमा सम्झिदै सन्देश पठाउदा
सरकार बाहेक सबको मन छोएको छ
५- मुक्तक
यहाँ आफ्नै असफल तग्दिर सम्झिन्छन्
उनैले सबै भन्दा पबित्र मन्दिर सम्झिन्छन्
भगवान खोज्न चारैतिर भौतारिनेहरु
घरमा बाआमाको सेबा गर्नु पिर सम्झिन्छन्

मुना मटेली, डाेेटी(हाल:- काााठमाडौं )

Shaileshwori
Loading...