बिप्लब पुत्र प्रकाशको मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई चेतावनी ‘ एक दिन म घिर्साछु ’

काठमाडौं : प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्द र मेडिकल व्यवसायी दुर्गा प्रसाईँबीच भनाभन भएको छ ।

चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक डा। प्रकाश चन्द र व्यवसायी प्रसाइँबीच भएको टेलिफोन कुराकानी बाहिरिएको छ। टेलिफोनमा भएको संवादका आधारमा प्रकाशले एक मिडियामा दिएको अन्तर्वार्ताका विषयमा विवाद भएको देखिन्छ ।

Sagan sahari bhawan nirman aayojana

कुराकानीमा भनिए अनुसार प्रकाशले एक टेलिभिजन अन्तर्वाता दिँदा प्रसाईँलाई माफिया भन्नु भएको थियो । आफूलाई माफिया भनेकोमा आपत्ति जनाउँदै प्रसाईँले प्रकाशलाई बुवा नेत्रविक्रम चन्द विप्लवु को समेत प्रसंग जोडेर सन्देश पठाएका थिए । सो सन्देशका विषयमा बुझ्न प्रकाशले फोन गर्नुभएको थियो।

त्यसपछि दुवैबीच केहीबेर टेलिफोनमै विवाद भएको सुन्न सकिन्छ । प्रसाईँले आफू पनि जनयुद्धमा लागेको र जेल परेको मान्छे भएको दावी गर्नुभएको थियो । त्यो कुरामा आफूले सम्मान गर्ने प्रकाश प्रसाईँले आफ्ना छोराछोरी पनि डाक्टर भएको जानकारी दिनुभएको थियो।

त्यसपछि एकाएक प्रसाईँ आक्राशित हुँदै प्रकाशसँग कडा रुपमा प्रस्तुत हुनभएको छ । त्यसपछि प्रकाशले पनि प्रसाईँलाई कडा चेतावनी दिएको टेलिफोन संवादमा सुन्न सकिन्छ ।

Shaileshwori
Loading...