नेकपा बैठक सकियो, ओली प्रचण्डको पत्र मार्फत सवाल जवाफको अध्ययनपछि मात्रै छलफल

डोटीः सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक ४० मिनेटमै सकिएको हो।

आजको बैठकमा भदौ २६ को स्थायी कमिटीको निर्णय, अन्तरपार्टी जारी भएको निर्देशन, अध्यक्षद्वयले लेख्नुभएको सवाल जवाफको विषयमा सबै सचिवालय सदस्यले अध्यक्ष गरेपछि मात्रै निकास निस्कने भएकाले अर्को मिति तय गरिएको छु उनले भने ।

Sayalb

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको आन्तरिक विवादले पार्टी फुटको अवस्थासम्म पुगेको थियो। राजदूत नियुक्ति, मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली विवाद, पर्सा घटना, रअ प्रमुख गको भेटवार्ता, कोरोना महामारी नियन्त्रण र आर्थिक संकट, पार्टीभित्रको बैठक निर्णय कार्यान्वयन, पार्टी नेतृत्वको र सरकारको प्रभावकारिताबारे छलफल गर्नुपर्ने भन्दै सचिवालय बस्नुपर्ने बताउँदै आएका थिए ।

“आजको सचिवालय बैठकमा पार्टीमा उत्पन्न समस्यालाई कार्यसूची बनाएर छलफल गर्ने निर्णय भयो,” प्रवक्ता श्रेष्ठले सञ्चारकर्मीसँग भने, “बैठकको आवश्यकता महसुस गर्दै कार्यकारी अध्यक्षसहित हामी सचिवालयका पाँचजना नेताले अध्यक्ष केपी ओलीलाई सहमतिमा बैठक बस्न आग्रह गर्दै बुझाएको पत्र, त्यसको जवाफमा अध्यक्ष केपी ओलीले कमरेड प्रचण्डलाई लेख्नु भएको पत्र, त्यसपत्रको जवाफमा अध्यक्ष प्रचण्डले अर्का अध्यक्षलाई लेख्नुभएको पत्र, पार्टीमा देखिएको सङ्कट निवारणका लागि तयार पार्नुभएको प्रस्ताव र यसअघि जारी गरिएको अन्तरपार्टी निर्देशन अध्ययनका लागि वितरण गरिएको छ । ”यी सामग्री अध्ययन गर्ने र मङ्सिर ३ गते सचिवालयको बैठक बस्ने उनले जानकारी दिए ।

पार्टीभित्रको विवाद समस्या समाधानका लागि अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक राख्न लिखित रुपमा माग समेत गरेका थिए।

Shaileshwori
Loading...