बाइडेनद्वारा मन्त्रिमण्डल विस्तार,

डोटी: अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले क्याबिनेटका केहि सदस्यको घोषणा गरेका छन्। बाइडेन टिमले घोषणा गरेका केहि महत्वपूर्ण पद मध्ये उनका लामो समयदेखिका सल्लाहकार एन्टोनी ब्लिनकेन विदेशमन्त्री हुने भएका छन्।

त्यस्तै ज्याक सुलिभनलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरेका छन् भने संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदुतमा लिन्डा थोमस ग्रीनफिल्डलाई नियुक्त गरेका छन्।

बाइडेन यस अघि नै ह्वाइटहाउसमा चिफ अफ स्टाफको भूमिकामा रहने रोन क्लेनलाई नियुक्त गरिसकेका छन्। बाइडेनले मनोनित गर्ने क्याबिनेट सदस्यलाई रिपब्लिकनको नियन्त्रणमा रहेको सिनेटले स्वीकृति दिनुपर्ने कानुनी व्यवस्था रहेको छ। आगामी जनवरी ५ मा जर्जियामा दुई सिनेट पदका लागि हुने निर्वाचनले सिनेटमा रिपब्लिकनको नियन्त्रण जारी रहन्छ या रहदैन भन्ने टुंगो लाग्ने छ।

Sayalb

अमेरिकी क्याबिनेटमा उपराष्ट्रपतिसहित अन्य १५ डिपार्टमेन्ट –मन्त्रालय् हुने गर्दछन। जसमा कृषि, कमर्स, रक्षा, शिक्षा, उर्जा, स्वास्थ्य तथा ह्युमन रिसोर्स, होमल्याण्ड सेक्युरिटी ९गृह०, हाउसिग एण्ड उर्बान डेभलपमेन्ट, इन्टेरियर, कानुन, श्रम, विदेश, यातायात, अर्थ र भेट्रान अफयर्स प्रमुख छन्।

अब आगामी डिसेम्बर १४ मा अमेरिकी राष्ट्रपति निर्वाचनका विजेता घोषणा गरिनेछ। निर्वाचनमा बाइडेनले ३०४ र ट्रम्पले २३२ इलेक्टोरल मत प्राप्त गर्नेछन् .

एजेन्सी
Shaileshwori
Loading...