घाँटीमा ढुंगा अड्किँदा कञ्चनपुरका १६ महिने बालकको मृत्यु

Sagan sahari bhawan nirman aayojana

घाँटीमा ढुंगा अड्किदा कञ्चनपुरका १६ महिने एक बालकको मृत्यु भएको छ । जिल्लाको बेदकोट नगरपालिका–९ सुन्दरपुरका भुपेन्द्र भट्टका १६ महिने छोरा साकार भट्टको घाँटीमा ढुंगा अड्किँदा मंगलबार राति उपचारका क्रममा मृत्यु भएको हो ।
घाँटीमा अड्किएको ढुंगाले स्वासप्रश्वासमा समस्या देखिएपछि महाकाली अस्पताल र्पुयाए पनि ढुंगा झिक्न सम्भव नभएपछि कैलालीको धनगढीतर्फ लगिएकोमा उपचारका क्रममै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए । घरको आँगनमा खेल्ने क्रममा ढुंगा मुखमा हाल्दा ति बालकको घाटीमा अड्कििएको थियो ।

Shaileshwori
Loading...