तिम्रो दिलमा अर्कैले हक बनाए पछि

मुक्तक

जीवन यात्रा हो यहाँ हरेक व्यक्ति सफरमा हुन्छन्
फरक यत्ति हो कोहि दिलमा कोहि नजरमा हुन्छन्
तिमीलाई भुल्न भनी यो दिल पत्थर बनाउन खोज्दा
दुरुस्त कोरिएका तिम्रा तस्बिर पत्थरमा हुन्छन्


तिम्रो दिलमा अर्कैले हक बनाए पछि
तिमीले यो मेरो दिल सडक बनाए पछि
म हाँस्न खोज्दा हाँसो अधरमै हराउँछ
खुसी जति जिन्दगीले बन्धक बनाए पछि


तिम्रो दिल बाट मलाई निकालेर के पायौं
पाउले कुल्चनेले शिरमा उचालेर के पायौं
मेरो दिल पत्थर जस्तै थियो हलचल हुन्थेन
छोडि जानेले मेरो दिल पगालेर के पायौं

Sayalb


उपहारमा घडी मलाई समय अरूलाई दिएर गए
यहाँ फूल जस्तो कोमल मन कुल्चिएर गए
यता म भने आउने आसमा पर्खिएर बसे
कहिल्यै फर्किएन बिर्सि जाने बिर्सिएर गए

नगरी ढिला नगरी हतार सम्झिरहेकी थिए
जिन्दगीको बाच्ने आधार सम्झिरहेकी थिए
आज उसैले छाति भित्र छुरा रोपेर गयो
जसलाई मेरो मुटुको प्यार सम्झिरहेकी थिए

सृजना खत्री (सरू)
कर्णाली प्रदेश न.५ सुर्खेत

Shaileshwori
Loading...