अरब सागरमा विमान दुर्घटना, विमानमा सवार एक पाइलट सुरक्षित एक बेपत्ता

एजेन्सी / भारतमा मिग–२ प्रशिक्षक विमान अरब सागरमा दुर्घटनाग्रस्त भएको छ। विमानमा सवार एक पाइलट सुरक्षित छन् भने एक बेपत्ता भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
घटनाको छानबिनको आदेश दिइएको छ । गत मंगलबार मात्र भारत, अमेरिका, जापान र अस्ट्रेलियाले संयुक्त युद्ध अभ्यासमा यो विमान पनि सहभागी रहेको भारतीय नौसेनाले जनाएको छ । नौसैनिक अधिकारीका अनुसार बिहिबार साँझ पाँच बजे अरबी समुद्री समुद्री किनारमा मीग-२९ के प्रशिक्षक विमान समुद्रमा उडान भरेको थियो ।

नौसेनाले हराएको पाइलटको पत्ता लगाउन निगरानी विमान र जहाजहरू परिचालन गरेको छ ।
घटनाको उच्चस्तरीय अनुसन्धानको आदेश दिइएको छ । यो वर्ष मिग-२९के को यो तेस्रो दुर्घटना हो । गत फेब्रअरीमा प्रशिक्षण उडानका गर्दा दुर्घटना भएको थियो ।
