लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोना सङ्क्रमण

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । सन्दीपले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफूलाई कोरोना सङ्क्रमण भएको जानकारी दिनुभएको छ । सन्दीपले कोरोना पुष्टि भएपछि आफू सेल्फ आइसोलेनमा बसेको उल्लेख गर्नुभएको छ । आफूलाई बुधबारबाट कोरोनाको लक्षणसमेत देखिएको जानकारी दिँदै उहाँले आफ्नो स्वास्थ्य अवस्था सुधार हुँदै गएकोसमेत बताउनुभएको छ । सन्दीपले स्वस्थ भएर आफू चाँडै मैदान फर्कने पनि उल्लेख गर्नुभएको छ ।

Sagan sahari bhawan nirman aayojana

यसअघि नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित दिपेन्द्र सिंह ऐरी र रोहित पौडेललाई पनि कोरोना सङ्क्रमण देखिएको थियो । उनीहरू तीनै जना कोरोना मुक्त भइसकेका छन् ।

Shaileshwori
Loading...