जुधाएर दु:ख भाग्यसंग जिउनु पर्ने हुन्छ

मुक्तक
जुधाएर दु:ख भाग्यसंग जिउनु पर्ने हुन्छ
पीडा संगै झरेका आँसुहरु पिउनु पर्ने हुन्छ
हेर्दा भाग्यरेखा ज्योतिषीले राम्रो भने पनि
तर भित्र च्यातिएको मुटु सिउनु पर्ने हुन्छ

कहिले सुख कहिले दु:खमा चलाउनु पर्छ जिन्दगी
मुहारमा मुस्कान मनमा आगो जलाउनु पर्छ जिन्दगी
मरुभूमि जस्तो मन बालुवा जस्तो अनेकौं सपनाहरु
चट्टानको छाती फोडेर पनि पलाउनु पर्छ जिन्दगी

Sayalb

पहिले जोडेको नाता फेरि बदल्न सक्ने भए
अतित बिर्सिएर बर्तमानमा चल्न सक्ने भए
हरेकको आफ्नै सम्बन्ध हुन्थ्यो होला आज
यहाँ आगो संग पनि पानी बल्न सक्ने भए

पीडै पीडाको खानी मेरै भाग्यमा रहेछ
दु:खको जिन्दगानी मेरै भाग्यमा रहेछ
वाह भगवान क्या आशीर्वाद दिएछौ है
आँसुले भरिएको कहानी मेरै भाग्यमा रहेछ

समिपा अभागि
देउखुरी दाङ

Shaileshwori
Loading...