आमा जे भनेनी मान्छे छोरी,आज्ञाकारी छ नभन्नुस

गजल
आमा जे भनेनी मान्छे छोरी,आज्ञाकारी छ नभन्नुस
बिहे गरेस् ज्वाई साहेब इमानदारी छ नभन्नुस।
मेरो शिर सगरमाथामा रगत सिमानामा मुटु देशमा हुन्छ
सरकारलाई सहयोग गर्न राहतको भारी छ नभन्नुस्

नठान्नुस मिठा सपनाले भरियका छन् ती झोलीहरु
छोरी गन्तब्यमा पुग्छे सुरक्षा कर्मचारी छ नभन्नुस्
आमा मेरो लासले पनि नारी न्याय र देश बोल्नुपर्छ
युद्धमा नजाछोरी फाईदा लुट्ने सत्ताधारी छ नभन्नुस्
बन्द कोठामा बसी सारा नारीको बयान गर्नुहुन्छ महोदय
अरे उहाँले एउटा काम पुरा गरेको हो बेरोजगारी छ नभन्नुस्
खाडादेबी, रामेछाप
