आजभोली म प्रतिको माया घटे जस्तो लाग्छ,

मुक्तक
आजभोली म प्रतिको माया घटे जस्तो लाग्छ,
रात दिन आउने यादहरु हटे जस्तो लाग्छ ,
चोटै चोट दिएर पागल प्रेमि बनायो मलाई,
गर्ने ब्यवहार आज अन्तै समेटे जस्तो लाग्छ,
मैन बत्ती जस्तै तिम्रो यादले जलेको छु प्रिया,
हाल्दै हालिनौ मलजल तर फलेको छु प्रिया,
मनमा सजायर पहिले आज हटाउँदा मलाई ,
सम्हालिन नसकेर म यहाँ ढलेको छु प्रिया ,

मुटुमा लागेको दाग मेट्ने ओखती पाइएन,
तिमीबाट छुटेपछि केही प्रगति पाइएन,
जिन्दगी भर तड्पि बस्नु कस्तो भाग्य मेरो,
संसारभरि खोजेँ तर प्रिया तिमी जति पाइएन ,
चोखो मायाको आवश्यकता पर्दा खेरी याद गर्नु,
बिछोडको पीडा सम्झी आँसु झर्दा खेरी याद गर्नु,
जसको लागि मलाई एक्लै छोडेर गा कि थियौ निरु
कुनैदिन यथार्थ मैले यो दुनियाँबाटै सर्दाखेरी याद गर्नु,
चोखो मायालाई यहाँ बजारको व्यापार ठान्यौ,
धनीको सानो ञ्झुपडीलाई दरबार ञ्ठान्यौ,
मायामा हेर्छन् धन सम्पति आजञ्ञ् किन ,
गरीबलाई तड्पाइ आफू बाँच्ने आधार ठान्यौ,
✍✍✍
सुशील बियोगी घायल
शिखर नगरपालिका ज्ञज्ञडोटी
हाल .चन्नै
