आमा तिमीलाई खुसी दिन सक्छु कि सक्दिन
मुक्तक

१(मुक्तक
आमा तिमीलाई खुसी दिन सक्छु कि सक्दिन
मुखिया साहुको तिर्न रिन सक्छु कि सक्दिन
देश छोडी बिदेश जादैछु ,मनमा एउटै डर छ
म सकुशल गाउँघर फर्किन सक्छु कि सक्दिन
२(मुक्तक
ऊनी सङ्ग बिताएको पल सम्झना बाकी छ
चोखो मायामा गरेको छ्ल सम्झना बाकी छ
आफ्नो जीवन सुखी बनाइ , मेरो बर्बाद पारी
छोडी जानेको मसङ्ग केवल सम्झना बाकी छ
३(मुक्तक
म जन्मी हुर्केको गाउँघर कस्तो भयो होला
घरैघरमा छाएका ती खर कस्तो भयो होला
मेरो सम्झनामा धेरै आउने मैले खेल्ने ठाउँ
भञ्ज्याङको पिपल वर कस्तो भयो होला
४(मुक्तक

सधैं बन जङ्गल ,मेला गरिरहनुपर्छ
उठे पनि हातमा ठेला गरिरहनुपर्छ
हामी गरिब गाउँलेले साहुको काम
नभनेर भएनि अबेला गरिरहनुपर्छ
५(मुक्तक
मनका चाहनाहरुलाई मनैमा मार्न सकौंली र सानु
अभावै अभावमा जिन्दगी गुजार्न सकौंली र सानु
धनी बाउकी छोरी तिमी म गरिब किसानको छोरा
बिहेपछी ढिडोगुन्द्रुकमा छाक टार्न सकौंली र सानु
✍️ लोक राज जैशी
लम्की(चुहा ४ कौवापुर,कैलाली
हाल स्( परदेशी भुमी
