उस्तै छन् गुरु उस्तै छन् चेला देश सम्झन्छु

मुक्तक

Sayalb

उस्तै छन् गुरु उस्तै छन् चेला देश सम्झन्छु
दिनहुँको राजनितिक झमेला देश सम्झन्छु
नलेख्न मन कहाँ हो र माया प्रेमका कुरा
के गरौँ कलम समाएकै बेला देश सम्झन्छु
२.मुक्तक
अँगाल्न चाहेकै मान्छे अन्माउदा नमज्जा लाग्ग्दो रैछ
नौमती घन्काउदै सिउँदो सजाउदा नमज्जा लाग्दो रैछ
नकस्नु थियो मसक्क कसियो स्वार्थी मायाको डोरी
हातले पारेको गाँठो दाँतले फुकाउदा नमज्जा लाग्दो रैछ
३.मुक्तक
एकाबिहानै पिरोल्छन् उज्यालो नहुँदै खबर सोधेर
कसैलाई भन्दिन भन्छन् गीता छुँदै खबर सोधेर
सारा दुःख लुकाएर खुसी छु भन्छु आफन्तीलाई
नत्र हाँसि(हाँसि भन्दै हिड्छन् रुँदै(रुँदै खबर सोधेर

४.मुक्तक
ख्याल ख्यालमै कर्मचारी भो मोरो कसरी समाउलारु
न कालो छुट्याउन सक्छ न गोरो कसरी समाउलारु
सत्तरी अङ्क ल्याई आरक्षणमा पुलीस बनेछ विचरा
नब्बे ल्याउने चोर,बाहुनको छोरो कसरी समाउलारु
५.मुक्तक
निधारमा खरानी,लामो कपाल हेर्ने मन छ भने
आँखाभरि आँसु,हातमा रुमाल हेर्ने मन छ भने
म प्रेम प्रस्ताव राख्छु तिमि अस्वीकार गरिदिनु
जोगीको भेषमा,बौलाहाको ताल हेर्ने मन छ भने।
आर.पी.सी. संगम

Shaileshwori
Loading...