जनताका कुरा सुन्न नेताका कान मान्दैनन्

मुक्तक
जनताका कुरा सुन्न नेताका कान मान्दैनन् ।
अरु सबैले मान्नुपर्छ हुनेले संविधान मान्दैनन् ।।
हामीलाई वीर गोर्खा भन्दै चिनाए हाम्रो पू्र्खाले।
आज उहीँ वीर गोर्खा पुर्खाको स्वाभिमान मान्दैनन् ।।

मुक्तक
आफ्नै मान्छे स्वार्थ हेरि दाउ नलगाउ
सारै दुख्छ कोमल मुटु घाउ नलगाउ
तिम्रो जस्तै नाजुक छ मन यता मेरो पनि
निस्वार्थ यो प्रेममा कुनै भाउ नलगाउ

मुक्तक
मेरो माया अचानो तिम्रो धार भएपछी
एक दुई चोटि होइन बारम्बार भएपछी
सङ्गै जिउने कसम खाको बाचा अधुरो भो
धनि पाउने तिम्रो सपना साकार भएपछी

bhukampa

मुक्तक
शिरमै फल्छ काफल खाउली बाइजाउ बारनिस
न छुटिन्या माया लाउली बाइजाउ बारबिस
मुखमा अधि खप्तड पाटन सिरमा मालिका छन
सङ्गै घुम्न खप्तड जाउली बाइजाउ बारबिस

मुक्तक
जुन दिन बिछोड सङ्ग मिलनको हार भयो
उसै दिन प्रेमी बस्ने शहर माथि प्रहार भयो
जाने बेला उस्ले मलाई तस्बिस चिनो दिई
उ फर्किन उनले देको तस्बिर नै जिउने आधार भयो

रुगम रावल रुक्सल
बाजुरा

Shaileshwori
Loading...