यस वर्षको पिपल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक

Sayalb

इलाम : यस वर्षको पिपल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हिजो पत्रकार सम्मेलन गर्दै वर्षका ५ चर्चित खेलाडीको सुचि सार्वजनीक गरेको हो । विधामा पौडी तर्फका गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, भलिबलका अरुणा शाही, बास्केटबलका सदिना श्रेष्ठ र फुटबलका सावित्रा भण्डारी परेका छन् । यस्तै यो वर्ष समेत विभिन्न १० विधाका खेलाडी र खेलकर्मीलाई सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

Shaileshwori
Loading...