दाङमा आजदेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता सुरु हुँदै

दाङको लमहीमा आजदेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय खेलकुद (टि–ट्वान्टी) क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगिताको पहिलो दिन आज दुई खेल हुनेछन् । उद्घाटन खेलमा लुम्बिनी प्रदेश र प्रदेश २ बीच प्रतिस्पर्धा हुनेछ । दिउँसो १ बजे हुने दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन विभागीय टोली एपीएफले कर्णाली प्रदेशको सामना गर्नेछ ।

Sagan sahari bhawan nirman aayojana

प्रतियोगिताको उद्घाटन कार्यक्रममा नेपाल क्रिकेट संघ(क्यान) का पदाधिकारी, अतिथि, खेलाडी र खेल सुभचिन्तकहरुको सहभागिता रहने छ । प्रतियोगितामा ७ प्रादेशिक टोलीसँगै विभागीय टोली एपीएफको सहभागिता रहने छ । जसलाई दुई समूहमा विभाजन गरिएको छ । जस अन्तर्गत समूह ‘ए’ मा एपिएफ, प्रदेश नम्बर २, कर्णाली र लुम्बिनी प्रदेश रहेका छन् भने समूह ‘बी’ मा सुदूरपश्चिम, बागमती, गण्डकी र प्रदेश नम्बर १ रहेको छ । यसरी समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनलका दुवै खेल १८ गते हुनेछ । भने प्रतियोगिताको फाइनल खेल १९ गते हुनेछ ।

प्रतियोगिताको विजेताले नगद रु ५ लाख प्राप्त गर्नेछ । भने उप-विजेता टोलीले रु ३ लाख, त्यसैगरी सेमिफाइनलबाट बाहिरिएका दुई टोलीले समान २५ हजार प्राप्त गर्नेछन् ।यस्तै विधागततर्फ सर्वोउत्कृष्ट खेलाडीले २१ हजार, उत्कृष्ट ब्याटरले १० हजार, उत्कृष्ट बलरले ५ हजार र हरेक खेलका प्लेयर अफ द म्याचले २ हजार प्राप्त गर्नेछन् ।

Shaileshwori
Loading...