प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा आज पनि २ खेल हुँदै

प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेटमा आज पनि २ वटा खेल हुँदैछ । दाङको लमहीमा बिहान साढे ९ बजे शुरु हुने पहिलो खेलमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । आजको खेलमा लुम्बिनी प्रदेश लगातार दोस्रो जितको खोजिमा हुने छ भने कर्णाली प्रदेश पहिलो जितको खोजिमा हुने छ । हिजो भएको पहिलो खेलमा लुम्बिनी प्रदेशले प्रदेश २ लाई २३ बल बाँकी छदैं ९ विकेटको फराकिलो जित दर्ता गरेको थियो ।

Sayalb

यसैगरी कर्णाली प्रदेश भने एपीएफसँग २ सय ४ रनको फराकिलो अन्तरले पराजित भएको थियो । २ सय ३६ रनको लक्ष्य पछ्याएको कर्णाली ३१ रनमै समेटिएको थियो । यस्तै आजै हुने अर्को खेलमा एपीएफ र प्रदेश नम्बर २ बीच प्रतिस्पर्धा हुने छ । एपीएफ लगातार दोस्रो जितको लक्ष्यमा हुँदा प्रदेश २ पहिलो जितको खोजिमा हुनेछ । दुई समूहमा विभाजन गरिएको यो प्रतियोगिताका शीर्ष २ टिम सेमिफाइनल पुग्ने छन् ।

Shaileshwori
Bolpatra
Loading...