प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा आजबाट समूह ‘बी’का खेलहरु हुने

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा आजबाट समूह ‘बी’का खेलहरु सुरु हुदैछन् । दाङको लमहीमा सञ्चालित प्रतियोगितामा आज समुह बी अन्तर्गत दुई खेल हुनेछन् । पहिलो खेलमा सुदुरपश्चिम प्रदेशले गण्डकीसंग खेल्नेछ । खेल बिहान ९ बजे सुरु हुनेछ । दुवै टिम सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रनेछन् ।

यस्तै, दोस्रो खेलमा बागमती प्रदेशले प्रदेश १ विरुद्ध खेल्नेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । यसअघि समुह ‘ए’ बाट विभागीय टिम एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइनल प्रवेश गरिसकेका छन् । एपीएफ समुह विजेता तथा लुम्बिनी उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन् । समुह ‘बी’को विजेताले लुम्बिनी र उपविजेताले एपीएफसँग सेमिफाइनल खेल्ने छन् ।
