मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लियो 

रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । सेल्टा डि भिगोमाथि २–० को सहज जित हात पार्दै म्याड्रिड १ अङ्कले शीर्ष स्थानमा उक्लिएको हो । यद्दपि रियलले एट्लेटिकोले भन्दा ३ खेल बढी खेलेको छ । रियलको १७ खेलबाट ३६ तथा एट्लेटिकोको १४ खेलबाट ३५ अङ्क छ । पराजित सेल्टा २३ अङ्कसहित आठौं स्थानमा छ । घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा गयराति भएको खेलमा रियलको जितमा लुकास भाज्क्वेज र मार्काे एसेन्सियोले गोल गर्नुभयो । पहिलो र दोस्रो हाफमा समान एक गोल निस्किएको थियो । खेलको छैटौ मिनेटमा नै लुकास भाज्क्वेजको गोलबाट रियलले खेलमा अग्रता बनाएको थियो ।

Sayalb
Shaileshwori
Loading...