हुम्लामा हिमपात हुदा बन्यो मनै लोभ्याउने दृष्य (फोटो फिचर)

हुम्ला: हुम्लामा भारी हिमपात भएको छ। आइतबारबाट निरन्तर हिमपात हुँदा सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ।

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका क्षेत्रमा एक फिटसम्म हिउँ जमेको छ। सदरमुकाम सिमकोटसहित उत्तरी क्षेत्रमा भारी हिमपात हुँदा आवतजावतमा समेत समस्या भएको छ।

  

 

 

अहिले सदरमुकाम सिमकोटमा १ फिट हिउँ जम्दा सिमकोटमा तापक्रम माइनस ८ डिग्रीमा झरेको छ। हिमपातले हुम्लाको सिमकोट लगायतका हिमाली जिल्लामा रहेका हवाई सेवा बन्द भएको छ।

 

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिमपातले गाईवस्तु, याक चौरीलाई समस्या भएको स्थानियले जनाएका छन्। उच्च हिमाली जिल्ला हुम्लामा हिमपात भइरहेकाले स्थानियलाई सतर्क रहन प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले आग्रह गरेका छन्।

Sayalb

 

जिल्लामा मङसिरको महिनामा सामान्य हिमपात भएपनि यस अघि हिमपात नहुँदा यहाँका स्थानीयले वर्षदिन पछि हिउँ देख्न पाउँदा उत्साहित भएका छन्। हिमपात हुँदा सदरमुकाम सिमकोटका विभिन्न क्षेत्रमा गएर हुम्लाका स्थानीय फोटो खिच्नुका साथै रमाउन थाले छन्।

सिमकोटमा रहेको शिवमन्दिर, सिमसार क्षेत्र,लाग्नालगायतका क्षेत्रमा हिउँमा रमाउने स्थानीयको उपस्थित बाक्लो भिडभाड देखिएको सञ्जय बोहराले बताए।

 

Shaileshwori
Loading...