पौष २६ गतेबाट डोटीमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

नरेश बोगटी / डोटी

डोटीमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । आउँदो पौष २६ गतेदेखि शिखर नगरपालिका-१० बानेडुग्रीसैनमा प्रतियोगिता सञ्चालन हुने गहनान सामुदायिक युवा क्लबका अध्यक्ष तेज भुलले जानकारी दिनुभयो ।

प्रतियोगितामा डोटी जिल्ला लगायत अन्य जिल्लाबाट समेत सहभागि हुन पाउनेछन् । कोरोना महामारीका कारण लामो समयसम्म खेलकुद गतिविधि हुन नसकिरहेको अवस्थामा पबित्र तिर्थस्थल गहनानमा लाग्ने माघे संक्रान्ती मेलाको सु-अवसरमा खुल्ला भलिबल प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ ।

Sayalb

प्रतियोगितामा प्रथम हुनेलाई नगद रु. १ लाख ५५, द्धितीय हुनेलाई रु. ५० हजार ५५ र तृतीय हुनेलाई रु.२५ हजार ५५ पुरस्कार सहित प्रमाण पत्र र ट्रफि समेत प्रदान गरीने आयोजक टिमका सक्रिय सदस्य योगेन्द्र रावतले बताए ।

रावतका अनुसार स्थानिय स्तरमा रहेको प्रतिभावन खेलाडीलाई उथ्थान गर्ने उद्देश्य सहित बिगत देखी नै प्रतियोगिताको आयोजना गर्दै आएको बताउनुभयो । ‘यो प्रतियोािगतामा गाउँ ठाउँको कुना कन्दरामा रहेका खेलाडीलाई लक्षित गरेका छौ, उनले भने, ‘उदीयमान खेलाडीलाई थप स्पेस र अझ उर्जा मिल्नेछ ।’

थप जानकारीको लागि (9848463073,9849704493 र 9840046415) मार्फत फोन गर्न सकिने बताउदै दर्ता शुल्क ४ हजार निर्धारण गरिएको बताउनुभयो ।

Shaileshwori
Loading...