एनडी ठकुरी र एलिना चौहानले ल्याय ‘पियारी’ (भिडियोसहित)

नरेश बोगटी /डोटी

नव उदयमान तथा सुमधुर स्वरका धनी गायक एन।डी। ठकुरीको नयाँ गित पियारी सार्वजनिक भएको छ । गीतमा एन।डी ठकुरी र एलिना चौहानको स्वर रहेको छ । गायक ठकुरीले बुधबार गितको म्युजिक भिडियो हिमालयन म्युजिक नामक अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन ।

Sayalb

सो म्युजिक भिडियोमा एन।डी। ठकुरीको सङ्गीत रहेको छ भने शब्दमा भने गायक ठकुरीलाई दिपक संगम बिसिले साथ दिएका छन् । पियारी गितमा एरेन्ज दिपक संगम बिसि,मिक्सिङ खडक बाजुरालीले गरेका छन् । यस्तै म्युजिकको निर्देशन रिसाभ र सम्पादक सुमित कुमारले गरेका छन् । गीतको म्युजिक भिडियोमा स्वयम गितका गायक एन।डी ठकुरी,राधा तिर्वा,रक्की शिंह र शक्षी शर्माले अभिनय गरेका छन् ।

पियारी गितमा माया पिरती अनि सुखदुःख का उत्कृष्ट शब्द शृजना सुन्न र रमणीय ठाउँहरु देख्न सकिन्छ । गायक ठकुरीले केही महिना अघाडी सुदूरपश्चिमको कला संस्कृतिको जगेर्नामा आधारित ञतेरोइ छ चर्चा चमेलीझबोलको देउडा ल्याएका थिए । सो गितलाई दर्शकले अत्याधिक मन पराएका थिए ।

Shaileshwori
Loading...