शब्द तस्विर : डिलबहादुर सिंह

यस पटक सुदूरन्युजलाइन डटकमको टिम स्थलगत रिपोर्टिङको लागि सायल गाउँपालिका–३ को साप्रा र बेटारामा पुग्यो । त्यस क्षेत्रका धार्मिक र पर्यटकीय क्षेत्रहरुको रिपोर्टहरु क्रमशः यहाँहरु सामु प्रस्तुत गर्दै जाने छौं ।
भेल्छणा झरना  :
भेल्छणा झरनामा पुग्नका लागि  छोटो बाटो लागि दिपायलबाट करिव तिन घण्टाको कच्चि सडक र तिन घण्टाको पैदल यात्रा गरेर सायल गाउँपालिकाको बेटारा गाउँमा पुगिन्छ । बेटारा गाँउबाट तिन घण्टाको यात्रा पछि भेल्छणा झरना सम्म पुग्न सकिन्छ ।
भेल्छणा झरना अति नै मनमोहक र सुन्दर भए पनि त्यहाँ सम्म पुग्न कठिन यात्रा गर्नु पर्छ । त्यहाँ सम्म पुग्न सामान्य किसिमको बाटो समेत बन्न सकेको छैन ।
झरनामा बाह्ै महिना पानिको बहाव उच्च नै रहन्छ । खप्तड राष्ट्रिय निकुञ्ज भित्रको धार्मिक क्षेत्र त्रिबेणी हुदै उत्पन्न भएको भेल्छणा झरना तल गएर सायलीगाड नदीको रुप लिन्छ ।

Sayalb

Shaileshwori
Loading...